काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म विश्वमा २ लाख २५ हजार ५ सय २९ जना मानिसको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म ३१ लख ८६ हजार ६ सय ९४ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । भने ती मध्ये ६० हजार ४ सय ४२ जना मानिसको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । साथै हालसम्म कारोना उपचारपछि ९ लाख ८६ हजार ४ सय ४६ जना मानिस निको भइ घर फर्किएका छन् ।
त्यस्तै विश्वको सबैभन्दा बढी संक्रमित र मृतक संख्या बढी रहेको देश संयुक्त राज्य अमेरिकामा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म ६० हजार ४ सय ९५ जना मानिसको ज्यान गइसकेको छ । भने त्यहाँ १० लाख ४८ हजार भन्दा बढी मानिस कोरोना संक्रमणको शिकार भएका छन् । साथै बितेको २४ घण्टमा कोरोनाको कारण १२ सय भन्दा बढीको ज्यान गएको छ ।
त्यस्तै स्पेनमा कोरोनाको कारण हालसम्म २४ हजार २ सय ७५ जना मानिसको ज्यान गइसकेको र २ लाख ३६ हजार ८ सय ९९ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने ती मध्ये ७ हजार भन्दा बढी मानिसको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा कोरोना संक्रमितको संख्या २ लाख ३ हजार ५ सय ९१ रहेको छ । भने कोरोनाको कारण यो समाचार तयार पार्दासम्म २७ हजार ६ सय ८२ जना मानिसको मृत्यु भइसकेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै फ्रान्समा बितेको २४ घण्टामा कोरोना संक्रमित र मृतक थपिएका छैनन् । तर हालसम्म त्यहाँ कोरोनाको कारण २३ हजार ६ सय ६० जनाको मत्यु भइसकेको र १ लाख ६५ हजार ९ सय ११ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । साथै ती मध्ये ४ हजार भन्दा बढी मानिसको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेलायतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २६ हजार ९७ रहेको छ । त्यहाँ आजमात्रै ४ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको र हालसम्म १ लाख ६५ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण रहेको तथ्यांकले देखाएको छ ।
त्यस्तै जर्मनीमा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ६ हजार ३ सय ७४ पुगेको छ । भने आज मात्र त्यहाँ ५ सय बढी मानिसमा कोरोना संक्रमण देखिएको र १ लाख ६० हजार बढी मानिसमा कोरोना संक्रमण देखिएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
त्यस्तै टर्कीमा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म ३ हजार बढी मानिसको ज्यान गइसकेको र १ लाख १७ हजार बढी मानिसमा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै रसियामा हालसम्म ९९ हजार ३ सय ९९ जना मानिसमा कोरोना संक्रमित रहेका छन् । भने बितेको २४ घण्टामा १ सय ३ जना मानिसको ज्यान गइसकेको छ । साथै हालसम्म कोरोनाको कारण ९ सय ७२ जनाको ज्यान गइसकेको छ ।
त्यस्तै छिमेकी देश भारतमा कोरोनाको कारण हालसम्म १ हजार ८ जना मानिसको कोरोना संक्रमणको कारण ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म त्यहाँ ३१ हजार बढीमा कोरोना संक्रमण देखिएको छ । भने बितेको २४ घण्टामा त्यहाँ कोरोनाको कारण कसैको पनि ज्यान गएको छैन् ।
त्यस्तै ब्राजिलमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ हजार नाघेको छ । भने हालसम्म त्यहाँ ७३ हजार बढीमा कोरोना संक्रमण देखिएको र बितेको २४ घण्टामा मात्र ३ सय बढीमा कोरोना संक्रमित थपिएका छन् ।
त्यस्तै क्यानडामा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण २ हजार ९ सय भन्दा बढी मानिसको ज्यान गइसकेको र हालसम्म ५० हजार बढीमा कोरोना संक्रमण देखिएको छ । साथै हालसम्म १९ हजार बढी मानिस कोरोना उपचारपछि घर फर्किएका छन् ।
हालसम्म नेपालमा ५७ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । भने ती मध्ये १६ जना उपचारपछि घर फर्किएका छन् । साथै उपचाररत सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :
अमेरिकाका ४ राज्यमा अर्को संकट, ‘एनडब्ल्युएस’ले दियो चेतावनी
जीवनको आधा बाटोमा अस्ताएका इरफान खान क्रिकेटका होनहार खेलाडी थिए
‘फलो’ गरेको केहि दिनमै ह्वाईट हाउसले गर्यो मोदीलाई ‘अनफलो’
कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ
चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी
अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !
श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !
कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड
रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?
उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर
कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)
लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो
कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी
कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम
कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी
६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !
कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर
कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि
उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम
कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु
कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल
लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया