विश्वमा कोरोनाको महामारी : यस्तो छ अहिलेको अवस्था

काठमाडौं । विश्वकै लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बन्दै आएको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख १७ हजार ९८५ जनाको मृत्यु भईसकेको छ भने ३१ लाख ३८ हजार ३९६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ९ लाख ५५ हजार ८२४ जना उपचार पछि निको भएका छन् भने ५६ हजार ९६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५९ हजार २६६ जनाको मृत्यु भएको छ भने १० लाख ३५ हजार ७६५ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा १५ हजार २९८ जनाको सवस्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकामा मंगलवार मात्रै २५ हजार ४०९ जना नयाँ संक्रमित् थपिएका छन् भने मंगलवार नै २ हजार ४७० जनाले ज्यान गुमाएका छन् । अमेरिकाको अत्याधिक प्रभावित शहर न्युयोर्कमा महामारीबाट २३ हजार १४४ जनाको मृत्यु भईसकेको छ भने ३ लाख १ हजार ४५० जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्युजर्सीमा अहिलेसम्म ६ हजार ४४२ जनाको मृत्यु भएको छ भने १ लाख १३ हजार ८५६ जनालाई संक्रमण भएको छ । त्यस्तै स्पेनमा अहिलेसम्म २३ हजार ८२२ जनाको ज्यान गएको छ भने २ लाख ३२ हजार १२८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ७ हजार ७६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म् २७ हजार ३५९ जनाले ज्यान गुमाएका छन् भने २ लाख १ हजार ५०५ जनालाई संक्रमण भएको छ । त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण २३ हजार ६६० जनाले ज्यान गुमाएका छन् भने १ लाख ६५ हजार ९११ जनालाई संक्रमण भएको छ ।

त्यस्तै बेलायतमा अहिलेसम्म २१ हजार ६७८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६१ हजार १४५ जनालाई संक्रमण भएको छ । त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६हजार ३१४ जनाको मृत्यु भएको छ भने १ लाख ५९ हजार ९१२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ९९२ जनाको मृत्यु भईसकेको छ भने १ लाख १४ हजार ६५३ जनालाई संक्रमण भएको छ । त्यस्तै रुसमा अहिलेसम्म ८६७ जनाको मृत्यु भएको छ भने ९३ हजार ५५८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ८७७ जनाको ज्यान गएको छ भने ९२ हजार ५८४ जनालाई संक्रमण भएको छ । त्यस्तै चीनमा आज थप २२ जना नयाँ संक्रमित थपिएका छन् ।

चीनमा योसँगै जम्मा संक्रमितको संख्या ८२ हजार ८५८ पुगेको छ भने मृतकको संख्या ४ हजार ६३३ रहेको छ । त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ८३ जनाले ज्यान गुमाएका छन् भने ७३ हजार २३५ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ३३६ जना नयाँ संक्रमित थपिँदा आजै त्यहाँ २० जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै क्यानडामा अहिलेसम्म २ हजार ८५९ जनाको मृत्यु भएको छ भने ५० हजार २६ जनालाई संक्रमण भएको छ । त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण ७ हजार ३३१ जनाको मृत्यु भएको छ भने ४७ हजार ३३४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म ४ हजार ५६६ जनाको मृत्यु भएको छ भने ३८ हजार ४१६ जनालाई संक्रमण भएको छ । त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण १ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । यो समाचार तयार पार्दासम्म भारतमा १ हजार ८ जनाको मृत्यु भईसकेको छ ।

साथै भारतमा ३१ हजार ३२४ जनालाई संक्रमण भएको छ । भारतमा मंगलवार मात्रै १ हजार ८७३ जना नयाँ संक्रमित थपिएका छन् भने मंगलवार नै भारतमा ६९ जनाको ज्यान गएको हो ।

त्यस्तै स्विट्जरल्याण्डमा अहिलेसम्म १ हजार ६९९ जनाको मृत्यु भएको छ भने २९ हजार २६४ जनालाई संक्रमण भएको छ । त्यस्तै आयरल्याण्डमा अहिलेसम्म महामारीका कारण १ हजार १५९ जनाको ज्यान गएको छ भने १९ हजार ८७७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै स्विडेनमा अहिलेसम्म २ हजार ३५५ जनाको ज्यान गएको छ भने १९ हजार ६२१ जनालाई संक्रमण भएको छ । त्यस्तै मेक्सिकोमा अहिलेसम्म महामारीका कारण १ हजार ५६९ जनाको मृत्यु भएको छ ।

त्यहाँ आज मात्रै १३५ जनाको ज्यान गएको हो भने आजै १ हजार २२३ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै त्यहाँ १६हजार ७५२ जनालाई संक्रमण भएको छ ।

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी

अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !

श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !

कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड

रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?

उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर

कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?