कोरोना भाइरसको पछिल्लो स्थिती : विश्वभर २० हजार बढी नयाँ संक्रमित, घट्न थाले मृतक

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म २ लाख ७ हजार ९०० जनाको ज्यान गएको छ भने ३० लाख १३ हजार ८३६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८ लाख ८८ हजार ५१६ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् भने ५७ हजार ५४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वका २१० देशमा फैलिसकेको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म अमेरिकामा ५५ हजार ४१५ जनाको ज्यान गएको छ भने ९ लाख ८७ हजार ३२२ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै थप १६२ जना नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ २ जनाको ज्यान गएको छ । त्यस्तै अमेरिकामा यो समाचार तयार पार्दासम्म १५ हजार १४३ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्पेनमा कोरोना भाइरसका कारण आज मात्रै ३३१ जनाको ज्यान गएको छ भने २ हजार ७९३ जना नयाँ संक्रमित आजै थपिएका छन् । त्यहाँ २३ हजार ५२१ जनाको मृत्यु भईसकेको छ भने अहिलेसम्म २ लाख २९ हजार ४२२ जनालाई संक्रमण भएको छ । त्यहाँ ७ हजार ७६४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २६ हजार ६४४ जनाको ज्यान गएको छ भने १ लाख ९७ हजार ६७५ जनालाई संक्रमण भएको छ । त्यस्तै इटालीमा २ हजार ९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै महामारीबाट फ्रान्समा अहिलेसम्म २२ हजार ८५६ जनाको ज्यान गएको छ भने १ लाख ६२ हजार १०० जनालाई संक्रमण भएको छ । त्यहाँ ४ हजार ६८२ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण ५ हजार ९८४ जनाको ज्यान गएको छ भने आज मात्रै त्यहाँ थप ८ जनाको मृत्यु भएको हो । त्यस्तै १ लाख ५७ हजार ९४६जनालाई संक्रमण भएको छ । आज मात्रै त्यहाँ १७६ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ २ हजार ५७० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २० हजार ७३२ जनाको मृत्यु भएको छ भने १ लाख ५२ हजार ८४० जनालाई संक्रमण भएको छ । बेलायतमा १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण २ हजार ८०५ जनाको ज्यान गएको छ भने १ लाख १० हजार १३० जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ७७६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ८०६ जनाको ज्यान गएको छ भने ९१ हजार ४७२ जनालाई संक्रमण भएको छ । ईरानमा आज मात्रै थप ९६ जनाको ज्यान गएको छ भने आजै त्यहाँ ९९१ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै त्यहाँ ३ हजार ११ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ७९४ जनाको ज्यान गएको छ भने ८७ हजार १४७ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ६ हजार १९८ जना नयाँ संक्रमित भेटिएका छन् भने आजै त्यहाँ ४७ जनाको मृत्यु भएको छ । त्यहाँ २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज थप १ जनाको मृत्यु भएसँगै जम्मा मृतकको संख्या ४ हजार ६३३ पुगेको छ । त्यहाँ ८२ हजार ८३० जनालाई संक्रमण भएको छ भने आज थप ३ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ ५८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार २८६जनाको ज्यान गएको छ भने ६३ हजार १०० जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै २४१ नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ १५ जनाको मृत्यु भएको छ । त्यहाँ ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै क्यानडामा अहिलेसम्म २ हजार ५६० जनाको मृत्यु भएको छ भने ४६ हजार ८९५ जनालाई संक्रमण भएको छ । त्यहाँ ५५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कराण अहिलेसम्म ७ हजार २०७ जनाको ज्यान गएको छ भने ४६ हजार ६८७ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ५५३ जना नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ ११३ जनाले ज्यान गुमाएका छन् । त्यहाँ ९०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै नेदरल्याड्समा अहिलेसम्म ४ हजार ५१८ जनाको मृत्यु भएको छ भने ३८ हजार २४५ जनालाई संक्रमण भएको छ । नेदरल्याण्ड्समा आज मात्रै ४३ जनाको ज्यान गएको हो भने ४०० जना नयाँ संक्रमित आजै थपिएका छन् । त्यहाँ ९३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विट्जरल्याण्डमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १ हजार ६४० जनाको ज्यान गएको छ भने २९ हजार १६४ जनालाई संक्रमण भएको छ । त्यस्तै त्यहाँ आज मात्रै २०३ नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ ३० जनाको ज्यान गएको छ । त्यहाँ १८५ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा अहिलेसम्म महामारीबाट ८८४ जनाको ज्यान गएको छ भने २७ हजार ९७७ जनालाई संक्रमण भएको छ । आज त्यहाँ थप ३ जनाको ज्यान गएको छ भने आजै त्यहाँ ८७ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै आयरल्याण्डमा महामारीबाट १ हजार ८७ जनाको ज्यान गएको छ भने १९ हजार २६२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै स्विडेनमा अहिलेसम्म २ हजार २७४ जनाको ज्यान गएको छ भने १८ हजार ९२६जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै २८६ नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ ८० जनाको मृत्यु भएको छ ।

त्यस्तै मेक्सिकोमा अहिलेसम्म १ हजार ३५१ जनाको ज्यान गएको छ भने १४ हजार ४२३ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ८३५ नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ ४६जनाको ज्यान गएको हो । त्यस्तै आज मात्रै विश्वमा ९८५ जनाको ज्यान गएको छ भने आजै २० हजार ५७४ नयाँ संक्रमित थपिएका छन् ।

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?