काठमाडौं – विश्वभर कोरोना महामारीका कारण अहिले विश्व त्रस्त छ । अहिलेसम्म विश्वभर कोरोना भाइरसको महामारीका कारण २ लाख ३ हजार २८९ जनाको मृत्यु भएको छ भने २९ लाख २१ हजार ४५६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै विश्वमा ८ लाख ३७ हजार ३ जना स्वास्थ्य उपचारपछि निको भएका छन् भने ५७ हजार ८ सय ६७ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै कोरोना भाइरसको उद्गम देश मानिएको चीनमा अहिलेसम्म ४ हजार ६३२ जनाको मृत्यु भएको छ भने ८२ हजार ८२७ जनालाई संक्रमण देखिएको छ ।
त्यस्तै आईतबार मात्रै थप ११ जना नयाँ संक्रमित फेला परेका छन् । चीनमा ५१ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।
भारतमा कोरोनाको संकट : तीव्र गतिमा बढ्दै मृतक र संक्रमित
भारतमा पछिल्लो हप्ता दिनयता संक्रमणको प्रकोप उच्च रहेको छ ।
गत १८ अप्रिलमा भारतमा २ हजार १३, १९ मा १ हजार २ सय ५०, २० मा ९२५ २१ मा १ हजार ५४१, २२ मा १ हजार २९०, २३ मा १ हजार ६६९, २४ मा १ हजार ४०८ र २५ मा १ हजार ८३६ जना संक्रमित थपिएका छन् भने १८ अप्रिलमा भारतमा ३५, १९ मा ३८, २0 मा ३३, २१ मा ५३, २२ मा ३६, २३ मा ४०, २४ मा ५९ र २५ अप्रिलमा ४५ जनाको मृत्यु भएको छ ।
स्पेनमा अहिलेसम्म २२ हजार बढीको ज्यान गयो
यसैबीच स्पेनमा अहिलेसम्म २२ हजार ९०२ जनाको ज्यान गएको छ भने २ लाख २३ हजार ७५९ जनालाई संक्रमण भएको छ ।
कोरोना भाइरसको महामारीका कारण स्पेनमा अहिलेसम्म ७ हजार ७ सय ५ जनाको अवस्था गम्भिर रहेको छ । स्पेनमा शनिबारमात्रै झण्डै ४ हजार जना नयाँ संक्रमित थपिएका छन् ।
स्पेनमा शनिबार ३ हजार ९ सय ९५ जना नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै स्पेनमा शनिबारमात्रै थप ३७८ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकामा एकैदिन २ हजार बढीको मृत्यु
कोरोनाको सबैभन्दा प्रभावित बनेको देश अमेरिकामा अहिलेसम्म ५४ हजार २६५ जनाको मृत्यु भएको छ भने ९ लाख ६० हजार ८९६ जनालाई संक्रमण भएको छ । त्यस्तै आजमात्रै अमेरिकामा ९ जनाको ज्यान गएको छ भने २४५ जना नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा १५ हजार ११ ० जनाको अवस्था गम्भिर रहेको छ ।
त्यस्तै अमेरिकाको न्यूयोर्कमा अहिलेसम्म २१ हजार ९ सय ८ जनाको ज्यान गएको छ भने २ लाख ८८ हजार ३१३ जनालाई संक्रमण भएको छ । त्यस्तै न्यू जर्सीमा १ लाख ५ हजार ५२३ जनालाई संक्रमण हुँदा ५ हजार ८६३ जनाको ज्यान गएको छ । म्यासाच्युसेट्समा ५३ हजार ३४८ जनालाई संक्रमण भएको छ भने २ हजार ७३० जनाको ज्यान गएको छ ।
उता क्यालिफोर्नियामा १ हजार ६९५ जनाको मृत्यु भएको छ भने ४२ हजार ५ ९६ जनालाई संक्रमण भएको छ । आजमात्रै त्यहाँ २४५ जना नयाँ संक्रमित थपिँदा ९ जनाको ज्यान गएको छ ।
अमेरिकामा शनिबार ३५ हजार ४ सय १९ जना नयाँ संक्रमित थपिएका छन् भने शनिबार नै २ हजार ६५ जनाको मृत्यु भएको छ ।
यसअघि प्रकाशित :
११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया