काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनको आलोचना गरेका छन् । उनले उक्त निर्वाचनलाई लज्जास्पद भन्दै यसले ब्राजिलका जनताको अपमान गरेको टिप्पणी गरेका छन् ।
वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले निर्वाचनमा कसैको पक्ष नलिएको बताए । तर, ब्राजिलमा भएका घटनाक्रम हेर्दा त्यसबारे शब्दमा वर्णन गर्न कठिन भएको उनको भनाइ थियो ।
ब्राजिलमा हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भे विजयी भएका छन् । उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन् ।
निर्वाचनको अन्तिम मतपरिणामअनुसार लुलाले ५१.७६ प्रतिशत मत प्राप्त गर्दा फ्लाभियोले ४८.२४ प्रतिशत मत पाएका छन् ।
लुलाको यो जितलाई अप्रत्याशित मानिएको छ । किनभने निर्वाचनअघि भएका विभिन्न सर्वेक्षणले फ्लाभियोलाई सामान्य अग्रता देखाएका थिए ।
पहिलो चरणको निर्वाचनमा पनि फ्लाभियोले लुलालाई करिब दुई प्रतिशत मतले पछि पारेका थिए । तर, दोस्रो चरणमा लुलाले पुनरागमन गर्दै राष्ट्रपतिमा जित हासिल गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया