काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट स्वास्थ्य लाभगरी घर फर्कनेको संख्या ५ पुगेको छ । कोरोनाभाइरस पुष्टि भइ विभिन्न अस्पतालमा उपचाररत ५ जना निको भएर घर फर्किएका हुन् ।
सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचारत एकजना मंगलबार डिस्चार्ज भएसँगै घर फर्किनेको संख्या ५ पुगेको हो । अस्पतालले आज एक विज्ञप्तिमार्फत कैलालीको धनगढी उपमहानगरपालिका ५ निवासी ३४ वर्षीय पुरुष कोरोनामुक्त भएको जानकारी दिएको हो ।
सोही अस्पतालमा उपचाररत अर्का युवा पनि वैशाख ७ गते निको भइ घर फर्किसकेका छन् । यसअघि बागलुङमा उपचाररत बृद्धा र काठमाडौंमा उपचार गराएका एक पुरुष र एक महिना पनि डिस्चार्ज भएर घर फर्किसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया