काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ ।
पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्ने अध्यादेश ल्याउने मन्त्रिपरिषद् बैठकको निर्णयलगत्तै नेकपाभित्र मच्चिएको हलचलको विषयमा छलफल गर्न सचिवालय बैठक डाकिएको हो ।
५ : ३0 बजे डाकिएको बैठक केहिबेरअघि सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन् ।
यसैबीच सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेपछि राजनीतिक वृत्तमा हंगामा भएसँगै नेकपाको सचिवालय बैठक बोलाइएको अवस्थामा सचिवालय बैठकले अध्यादेश रोक्नसक्ने बताइएको छ । उक्त बैठकमा यसबारे गम्भीर छलफल हुने नेताहरुले बताएका छन् ।
नेकपाको नौ सदस्यीय सचिवालयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, इश्वर पोखरेल, रामबहादुर थापा बादल रहेका छन् ।
जसमध्ये पुर्व माओवादीका ३ र पुर्व एमालेका ६ जना छन् । फाईल फोटो
यो पनि पढ्नुहोस् :
नेकपाभित्र सकस : मन्त्रिपरिषद् बैठकलगत्तै बामदेवलाई बालुवाटार किन बोलाए ओलीले
मन्त्रीपरिषद् बैठक सकिने बित्तिकै प्रचण्ड निवासमा अर्को बैठक
सरकारले ल्यायो पार्टी फुटाउने अध्यादेश
नेकपाले बोलायो सचिवालयको आकस्मिक बैठक
मन्त्रिपरिषद्को निर्णयले नेकपाभित्र हलचल, के थियो त्यो निर्णय ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया