काठमाडौं – कोरोना भाइरस ‘कोभिड १९’ का कारण यतिबेला देश लकडाउनमा छ । यसैबीचमा सोमबार राजनीतिमा नयाँ तरंग आयो ।
भएको के हो ?
सोमबार विभिन्न विषयमा छलफल गर्न भन्दै मन्त्रिपरिषद् बैठक बस्यो । तर बैठकको निर्णय आएलगत्तै माहौल निकै तात्यो ।
पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्ने अध्यादेश ल्याउने मन्त्रिपरिषद् बैठकको निर्णयलगत्तै नेकपाभित्र हलचल मच्चियो ।
बैठकपछि अध्यक्ष प्रचण्डलाई भेट्न उर्जामन्त्री वर्षमान पुन खुमलटार गए । सरकारले उक्त निर्णय गरेलगत्तै पूर्वमाओवादी समूहका मन्त्रीहरुको छुट्टै बैठक बस्यो ।
यता एकाएक अध्यादेश ल्याउने प्रस्ताव गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा पठाउने नेकपा सचिवालयको निर्णय कार्यान्वयन नगरेकोमा आफूसँग चिढिएका पूर्वएमालेका नेता वामदेव गौतमलाई बालुवाटार बोलाए ।
स्रोतका अनुसार उनी प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
के हो अप्रत्याशित अध्यादेश ?
पार्टी विभाजनलाई सहज बनाउन सरकारले विद्यमान कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । क्याविनेट बैठकमा सहभागी धेरैले प्रधानमन्त्रीको यो निर्णय अप्रत्याशित भनेका छन् । निर्णयअनुसार पार्टी विभाजनलाई सहज बनाउन सरकारले विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउन सक्छ ।
यसअघि संसदीय दल र केन्द्रीय कमिटी दुबैमा ४० प्रतिशत संख्या पुर्याउनुपर्ने प्रावधान रहेकोमा त्यसलाई संशोधन गरी पार्टी विभाजनलाई सहज बनाउन केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्ने अध्यादेश ल्याउन लागिएको हो।
सत्तारुढ दल नेकपाभित्रको विवाद पार्टीएकतालगत्तै देखिन थालेको थियो । सरकारको पछिल्लो निर्णयलाई त्यसैले पनि अर्थपूर्ण रुपमा हेरिएको छ।
यसैबीच सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेपछि राजनीतिक वृत्तमा हंगामा भएसँगै नेकपाको सचिवालय बैठक बोलाइएको अवस्थामा सचिवालय बैठकले अध्यादेश रोक्नसक्ने बताइएको छ । उक्त बैठकमा यसबारे गम्भीर छलफल हुने नेताहरुले बताएका छन् ।
नेकपाको नौ सदस्यीय सचिवालयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, इश्वर पोखरेल, रामबहादुर थापा बादल रहेका छन् ।
जसमध्ये पुर्व माओवादीका ३ र पुर्व एमालेका ६ जना छन् ।
यो पनि पढ्नुहोस् :
नेकपाभित्र सकस : मन्त्रिपरिषद् बैठकलगत्तै बामदेवलाई बालुवाटार किन बोलाए ओलीले ?
नेकपाले बोलायो सचिवालयको आकस्मिक बैठक !
मन्त्रीपरिषद् बैठक सकिने बित्तिकै प्रचण्ड निवासमा अर्को बैठक !
सरकारले ल्यायो पार्टी फुटाउने अध्यादेश
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया