कोरोना भयावहबीच शुरु भयो तुर्कमिनिस्तान फुटबल लिग

काठमाडौं । कोरोना भाइरसको भयावह पछि स्थगित भएको तुर्कमिनिस्तानको फुटबल लिग फेरि शुरु भएको छ । विश्वभर फैलिएको कोरोनाको कारण गत मार्च २३ मा तुर्कमिनिस्तानको फुटबल लिग स्थगित भएको थियो ।

अप्रिल १९ मा पुनः शुरु गरिएको फुटबल लिगमा अल्तेन असर र कोपेडागबीचको खेल हेर्न सैयौँ दर्शक आएका थिए । खेल १–१ को बराबरीमा सकिएको थियो । तुर्कमिनिस्तानको लिगमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?