साक्षीले धोनीको औंला टोकेपछि…

काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको धर्मपत्नी साक्षीले धोनीको औंला टोकेको फोटो भाइरल भएको छ । सामाजिक संजाल इन्स्टाग्रामबाट सार्वजनिक भएको उक्त फोटो साक्षी आफैले पोस्ट गरेकी थिइन् ।

साक्षीले सार्वजनिक गरेको फोटोमा धोनी सुतिरहेको देखिन्छ । धोनी सुतेर मोबाइल चलाउँदै गरेको देखिन्छ र साक्षीले उनको खुट्टाको औंला टोकेको देख्न सकिन्छ ।

साक्षीले यो फोटो सार्वजनिक गर्दै भनेकी छिन्, यस्तो समय जब मिस्टर स्विटीको नजरको भोको हुनु हुन्छ । लामो समय देखि अन्तराष्ट्रिय क्रिकेटबाट टाढा रहँदै आएका धोनी आईपीएलबाट क्रिकेटमा फर्किने तयारीमा रहेका थिए ।

तर, कोरोना भाईरस विश्वव्यापी रुपमा माहामारीको रुपमा फैलिएपछि आईपीएल समेत अनिश्चितका लागि स्थगित गरिएको छ । आईपीएलको प्रदर्शन अनुसार धोनीलाई राष्ट्रिय टिममा फर्कन सहज हुने बताइएको थियो ।

View image on Twitter

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?