कोरोना संक्रमणपछि स्वास्थ्य लाभ गरी ४ जना घर फर्किए

काठमाडौं । सेती अञ्चल अस्पतालमा कोरोना संक्रमित भएर उपचाररत एक युवक स्वस्थलाभ पछि घर फर्केका छन् । उनको पिसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज हुन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

कैलालीको लम्की निवासी २१ वर्षीय उनी भारतबाट नेपाल फर्किएका उनको कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ पाइएको थियो । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको भएका बिरामीहरुको संख्या ४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?