काठमाडौं । नेपाली कांग्रेसका नेता डा.सुनिल शर्माले मोरङको क्षेत्र नं.३ का गरिब, विपन्न सर्वसाधरणलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएका छन् । नेता शर्माले सो क्षेत्रका बेलबारी, पथरीशनिश्चरे, कानेपोखरी र सुन्दरहरैंचाका विपन्न बिरामीहरुलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाउँने भएका हुन् ।
आफ्नो गाउँ र आफुले चुनावमा प्रतिस्पर्धा गरेको क्षेत्रका गरिब, विपन्नहरुलाई २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन लागिएको डा.शर्माले जानकारी दिए । ‘पैसा नहुँने गरिब, विपन्न र सुकुम्बासीहरुलाई सहज होस् भनेर निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाइएको हो ।’ डा.शर्माले भने ‘स्थानीय प्रतिनिधिहरुको सिफासिरमा विपन्नलाई निःशुल्क सेवा दिन्छौ ।’
विपन्न बाहेक नोबेल अस्पतालमा उपचारका लागि आउँने सो क्षेत्रका अन्य बिरामीहरुले पनि एम्बुलेन्समा तोकिएको शुल्कमा ५० प्रतिसत छुट पाउँनेछन् । क्षेत्र नं.२ मा पर्ने रतुवामाई नगरबासीलाई पनि सेवा उपलब्ध गराईने छ । कांग्रेस महासमिति सदस्यसमेत रहेका नेता शर्माले गाउँ–गाउँमा २४ सै घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराउँने भएपछि सो क्षेत्रका बिरामीहरुलाई सहजता मिल्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया