र्‍यापिड टेष्टले देखायो पोखराकी एक महिलामा कोरोना पोजेटिभ

काठमाडौं । पोखरामा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा पोजेटिभ नतिजा आएको छ । ५५ वर्षीया महिलामा र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) बाट कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको हो ।

ती महिलाको परीक्षण -यापिड टेष्टमा पोजिटिभ देखिएपछि रिटेस्टका लागि स्वाब कलेक्सन गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएको छ ।  पोखरा महानगरपालिकाको १० र १२ वडाका ३४ जनाको नमुना आरडीटी विधिबाट परीक्षण गर्दा ती महिलाको नतिजा पोजेटिभ देखिएको हो ।

पोखरामा चैत महिनादेखि नेपाल भित्रिएका नागरिकमाथि र्‍यापिड टेष्ट सुरु गरेको छ ।

यो पनि पढ्नुहोस् : नेपालमा कोरोना अपडेट : ११ सय ८२ जना रेड जोनमा, कति पुगे संक्रमित ?

यसअघि लोकपथमा प्रकाशित समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा ! 

कोरोना लागेर मृत्यु भएकाको शव कसरी व्यवस्थापन गरिन्छ ? 

दर्दनाक अन्तरकथा : बरफ जमाइएको ट्रकहरूमा राखियो कोरोना संक्रमितबाट मृत्यु भएकाहरुको शव

कोरोनाबाट बच्न यी ८ कुराहरुको ध्यान दिनुहोस् !

कोरोनाबाट कसरी सतर्क रहने ? र के गर्दा कोरोनाबाट बच्न सकिन्छ ? भन्ने बारेमा स्वास्थ्य विशेषज्ञहरुले बताएका महत्वपूर्ण कुराहरु : 

१. कोरोना भाइरसबाट बच्नको लागि ‘हाइजीन’ बनाइराख्नु पर्दछ । आफ्नो आसपासको सरसफाईमा ध्यान दिनुपर्दछ । खोकी र हाच्छयुँ गर्दा रुमालको प्रयोग गर्नुपर्दछ । समय समयमा साबुन पानीले हात धुनु पर्दछ ।

२. राम्रोसँग हात धुनका लागि साबुन वा स्यानेटाइजरको प्रयोग गर्नुपर्दछ । त्यसपछिहात लगभग २० सेकेण्डसम्म सुकाउनु पर्दछ । हात धोएपछि सफा कपडाले पुछ्ने गरौँ ।

३. घरबाट बाहिर निस्किँदा ‘एन -९५’ मास्क वा सर्जिकल मास्कको प्रयोग गरौँ ।

४. बजारबाट किनिएका कुनै पनि सामान खाद्य पदार्थहरु काँचोमै नखानुस् । मासु सब्जीहरु खानु भन्दा अगाडि राम्रोसँग उमालेर मात्र खाऔँ ।

५. इन्फेक्टेड वा अन्जान व्यक्तिसँग धेरै समयसम्मसँग नबसौँ । कोहि पनि व्यक्तिसँग हात मिलाए पछि साबुन पानीले राम्रोसँग हात धोऔँ ।

६. आँखा, नाक वा मुखमा पटक पटक हात नलगाऔँ । यदि छोइहालेमा तत्कालै हात धोऔँ ।

७. यदि तपाईलाई खोकी लाग्छ, खकार आउँछ र सास फेर्न अफ्ठेरो हुन्छ भने तत्कालै डाक्टरको सल्लाह र सुझव लिने गरौँ ।

८. डाक्टरबाट लिएको सल्लाहलाई नियमित पालना गरौँ ।

कोरोना भाइरसबाट कसरी बच्ने ?

जोखिम न्यूनीकरण

हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं
खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं
चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं
मासु र अण्डालाई पकाएर खाऔं
जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं

कति खेर धुने हात ?

खोक्दा वा हाच्छिउँपछि
बिरामी व्यक्तिको स्याहार गरेपछि
चर्पी प्रयोग गरेपछि
हात फोहोर देखिएपछि
बाहिरबाट घर आएपछि
जनावर वा जनावरको फोहोर छोएपछि

कसरी हुन्छ संक्रमण  ? 

चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

कसरी बच्ने ?

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।

हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं

खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं

चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं

मासु र अण्डालाई पकाएर खाऔं

जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं

कति खेर धुने हात ? 

खोक्दा वा हाच्छिउँपछि

बिरामी व्यक्तिको स्याहार गरेपछि

चर्पी प्रयोग गरेपछि

हात फोहोर देखिएपछि

बाहिरबाट घर आएपछि

जनावर वा जनावरको फोहोर छोएपछि

यदी तपाई विदेशबाट आउनुभएको छ भने अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्नुहोस् । यदि कसैलाई कोरोनाका लक्षण देखिएको छ भने तुरुन्त तोकिएको अस्पतालमा उपचारका लागि जानुहोस् । सरकारले लकडाउन गरेको २३ दिन बितेको छ । संक्रमितको संख्या क्रमिक रुपमा बढ्दै गइरहेको छ । त्यसैले सजग बनौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?