काठमाडौं । काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिइने भएको छ ।
बिहीवार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।
लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जाने क्रम बढेको र आपूर्तिमा समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले गाउँ फर्कन चाहनेहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय गरेको हो ।
यो अवधि काठमाडौं उपत्यकाभित्र आउन भने पाइने छैन । बाहिर जान चाहनेलाई स्थानीय तहसँग समन्वय गरी पठाउन लागिएको रक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस् : पछि हट्यो सरकारः भोलि र पर्सी उपत्यका बाहिर जान नपाइने
यद्यपि सरकारले उपत्यकाका मानिसलाई बाहिर पठाउदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया