लकडाउनमा एन आई सी एशियाको सुविधा: घरमै बसि विश्वका ५० भन्दा बढी देशमा पैसा पठाउन सकिने !

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले घरमै बसेर विश्वका ५० भन्दा बढी देशहरुमा रेमिट्यान्स पठाउन सक्ने व्यवस्था गरेको छ । बैंकले वल्र्ड रेमिट र अर्बीट रेमिटसँगको सहकार्यमा एन आइ सी एशिया तथा अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।

कोरोनाको कारण विश्वका विभिन्न देशमा अलपत्र परेका नेपालीहरुलाई नेपालमा भएका आफन्तहरुले सजिलै पैसा पठाउन मिल्ने गरि बैंकले उक्त सेवा प्रदान गरेको जनाएको छ ।

कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन एन आई सी एशिया बैंकले विदेशमा रहेका परिवारका सदस्य तथा आफन्तहरूले पठाएको रकम नेपालमा रहेका जुनसुकै बैंक खातामा जम्मा गर्न मिल्ने सुविधा ल्याएको हो ।

जसबाट ग्राहकहरूले लकडाउनको समयमा घरबाट बाहिन नगई रेमिट्यान्स सुरक्षित गर्न सक्नेछन् । यस योजनाले विदेशमा रहेका नेपालीहरूले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै आफ्ना परिवारजन तथा आफन्तहरूलाई तुरून्त रकम पठाउन सक्नेछन् । यसले गर्दा विदेशमा रहेका नेपाली नागरिकहरूलाई लकडाउनको समयमा पनि आफ्ना परिवारजन तथा आफन्तहरूलाई रकम पठाउन सहज हुने बैंकले विश्वास लिएको छ ।

विदेशबाट रकम पठाउनका लागि निम्नलिखित तरिकाहरूबाट वल्र्ड रेमिट र अर्बीट रेमिटमार्फत घरमै बसी एन आई सी एशिया बैंकको खाता तथा नेपालका अन्य जुनसुकै बैंक खातामा रकम जम्मा गर्न सकिनेछः

वल्र्ड रेमिटबाट रकम पठाउनको लागि :
१. https://www.worldremit.com/en/Nepal मा Log in गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सक्नुहुनेछ ।

.https://youtu.be/-l37jdXu4yI मार्फत ग्राहकवर्गले World Remit बाट रकम पठाउने आवश्यक जानकारी समेत लिन सक्नुहुनेछ ।

३. यसको साथै https://www.worldremit.com/en/stories/story/2020/04/01/sending-receiving-money-covid-19 मार्फत ग्राहक महानुभावहरूले थप जानकारी लिन सक्नुहुनेछ ।

४.वल्र्ड बाट रकम पठाउदा नयाँ ग्राहकहरूले पहिलो ३ वटा ट्रान्सफर निःशुल्क पठाउन सक्नुहुनेछ भने त्यसको लागि 3FREE कोड प्रयोग गनुपर्नेछ ।

५. वल्र्ड बाट ग्राहकहरूले अमेरिका, बेलायत, अष्ट्रेलिया, पोल्याण्ड, क्यानडा, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, न्यूजल्यान्ड, नर्वे, रोमानिया, सिङ्गापुर लगायत विश्वका ५० भन्दा बढी देशहरूबाट घरमै बसी रकम पठाउन सक्नुहुनेछ ।

अर्बीट रेमिटबाट रकम पठाउनको लागि :
१. https://www.orbitremit.com/nepal गरी आवश्यक विवरण भरेर सजिलै नेपालमा रहेको आफ्नो वा आफन्तहरूको खातामा रकम पठाउन सक्नुहुनेछ ।

२. रकम पठाउदा कुनै समस्या भएमा इचदष्त च्झष्त को रकम पठाउने वेबसाइटमा रहेको च्याट सुविधा मार्फत पनि आवश्यक जानकारी लिन सक्नुहुनेछ ।

३. Orbit Remitबाट रकम पठाउदा नयाँ ग्राहक महानुभावहरूले पहिलो ट्रान्सफर निशुल्क रुपमा पठाउन सक्नुहुनेछ । निशुल्क रकम पठाउनको लागि पठाउदा FREE2NPR प्रोमो कोड प्रयोग गनुपर्ने हुन्छ ।

४. Orbit Remit बाट ग्राहक महानुभावहरूले बेलायत, अष्ट्रेलिया र न्यूजिल्यान्डसहित ३ वटा देशहरूबाट घरमै बसी रकम पठाउन सक्नुहुनेछ ।

यस बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?