प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोनसनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

दश दिनदेखि कोरोना भाइरसको सङ्क्रमणका कारण आइसोलेसनमा रहेका बेलायती प्रधानमन्त्री जोन्सन सोमवार अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए ।

प्रधानमन्त्री ओलीले आज बिहान ट्विट गर्दै प्रधानमन्त्री जोन्सनको कोरोनाविरुद्धको प्रतिवद्ध सङ्घर्षको प्रयत्नलाई प्रशंसा पनि गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?