काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति नुवाकोटले पार्टी कार्यालय क्वारेन्टाइनको लागि उपलब्ध गराउने भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउनको लागि बिदुर नगरपालिका-४ विदुरस्थित आफ्नो कार्यालय रहेको बिपी स्मृति भवन स्थानीय प्रशासनलाई उपलब्ध गराउने निर्णय गरेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति जगदिश्वरनरसिंह केसीले लोकपथलाई बताए ।
नेपाली कांग्रेस जिल्ला सचिव सुरेन्द्र अधिकारीले शुक्रवार क्वारेन्टाईनको लागि कार्यालय भवन उपलब्ध गराउने जानकारी सहितको पत्र प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई बुझाउँदै कोभिड-१९ संक्रमण रोकथामका लागि नेपाली काङ्ग्रेस नुवाकोट सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले कोभिड-१९ संक्रमण रोकथामका लागि राजनीतिक दलहरुले देखाएको चासो र सहकार्यको भावनाले रोग नियन्त्रणमा महत्वपूर्ण भुमिका रहने बताउँदै सम्बन्धित सबै एकजुट भएमा मुलुकलाई संक्रमण मुक्त बनाउन सकिने बताएका थिए ।
यसैक्रममा सभापति केसीले लोकपथलाई भने, “२५/३० जनासम्मका लागि बस्न मिल्ने गरि पार्टी कार्यालय उपलब्ध गराउँन लागिएको र स्वास्थ्यकर्मी तथा आवस्यक स्वास्थ्य उपकरणको समेत व्यवस्था गरिएको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया