सुदूरपश्चिममा प्रयोगशालाको क्षमता र गुणस्तर वृद्धि गर्न नेता लेखकको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै तत्काल प्रयोगशालाको क्षमता र गुणस्तर वृद्धि गर्न सरकारसङ्ग आग्रह गरेका छन ।

शनिबार मात्र कैलाली र कंचनपुरमा ३ जना नयाँ संक्रमित भेटिएसङ्गै त्यस क्षेत्रमा महामारी बढ्न सक्ने भएकाले रोकथामको लागि सरकारले तत्काल प्रयोगशाला र गुणस्तर वृद्धि गर्नु पर्ने सुझाव दिँदै त्यस्तो माग गरेका हुन् । नेता लेखकले सामाजिक सन्जाल फेसबुक र ट्विटर मार्फत भनेका छन्, “प्रयोगशालाको क्षमता र गुणस्तर पुगेन। थप गरी एक दिनमा ५०० को टेस्ट गरौ” ।

त्यस्तै नेता लेखकले सरकारले लकडाउनलाई कडा गरि पालिकामा समेत आवतजावतमा लगाएको बन्देज सकारात्मक रहेकाले पालना गर्न र कडाई साथ लागू गर्न अनुरोध समेत गरेका छन् ।

यसै सन्दर्भमा सुदुर पश्चिमको पछिल्लो अवस्थाका र सरकारको तर्फबाट भएका प्रयासका बारेमा नेता लेखक र स्वस्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल बिच टेलिफिन मार्फत कुराकानी समेत गरेका छन् । कुराकानीका क्रममा नेता लेखकले सुदुर पश्चिममा लाखौको संख्यामा छिमेकी मुलुक बाट स्वदेश आएका र प्रयोगशाला , उपकरण र जनशक्तिको अभावका कारण न्यून संख्यामा मात्र परिक्षण भएकोले दैनिक कम्तिमा ५०० जना सम्मको परिक्षणको ब्यवस्था मिलाउन सुझाव दिएको र मन्त्री ढकालले पनि सुझावलाई सकारात्मक रुपमा लिइ सुदुर पश्चिममा आवश्यक उपकरण र जनशक्तिको व्यवस्था परिक्षणको दायरा बढाउन सरकारले आवस्यक प्रक्रिया बढाउने आश्वासन दिएको लेखकका स्वकिय सचिब जनक भट्टले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?