काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लकडाउनबाट प्रभावित भएकाहरुलाई राहत वितरण गर्दा पनि भेदभाव भएका बताएका छन् ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरेको छ । जसको कारण सर्वसाधरणमा खाद्यन्न अभाव समेत हुन थालेको छ । भने विभिन्न व्यक्ति तथा संस्थाको पहलमा राहत वितरण भइरहेका छन् ।
उक्त राहत वितरणको अवस्थामा पनि सत्तारुढ दलकै सदस्यता लिन समेत दबाव दिने गरेको नेता केसीले बताएका छन् ।
साथै यस्तो अवस्थामा पनि स्थानीय तहका कार्यकर्ता राजनीतिक अभिष्ट पूरा गर्ने हतियारका रुपमा कोरोना कहरलाई दुरुपयोग गरिरहेको केसीको आरोप छ ।
राहत पाउन गरीव, निमुखा वा दैनिक ज्यालादारी गर्नेभन्दा नेकपा समर्थक हुनु अनिवार्य बनाइएको उनले बताए । यस्तो अवस्था राजधानी लगायत गाउँ गाउँमा देखिएको केसीको भनाइ छ ।
पूर्वमन्त्रीसमेत रहेका नेता केसीले यस्तो गलत तरिका अपनाएर नेकपाले राजनीतिक दुष्टता देखाएको टिप्पणी गर्दै भने, “आफूलाई देशैभरिका साथीहरुले यस्तो रिपोर्टिङ गरिरहेको, देशमा यत्रो महासंकट आएका बेला पनि नेकपाका साथीहरुले अनावश्यक राजनीति गरेकाले यस्ता क्रियाकलापको कडा शब्दमा भर्त्सना गर्दछु ।”
त्यस्तै यस्तो बेला राहत वितरणमा धाँधली गर्नु राजनीतिक बेइमानी हो भन्दै नेता केसीले भने, “यो महासंकटलाई राजनीतिक स्वार्थमा प्रयोग गरिनु घोर निन्दनीय काम हो । एक त राहत वितरण गर्दा आफ्ना पक्षकालाई मात्र गर्ने, अरुलाई गर्नुपरे पार्टी सदस्यता लिनुपर्ने रु यो भन्दा ठूलो राजनीतिक पाखण्ड अरु केही हुन सक्दैन ।”
राहत वितरण गर्नका लागि निष्पक्षता गर्न माग गर्दै नियन्त्रण, अनुगमन तथा निष्पक्ष वितरणका लागि स्थानीय तहमै सर्वदलीय संयन्त्र बनाउन माग गर्दै नेता केसीले यसका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया