स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताविरुद्ध बोल्यो नेविसंघ, गर्‍यो ४ प्रश्न !

काठमाडौं । कोरोना संक्रमणका कारण जारी लकडाउनलाई जनताले सहयोग गरेकै बेलामा स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताप्रति नेपाल विद्यार्थी संघले चासो व्यक्त गरेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण संग जुध्न आवश्यक औषधि र अन्य उपकरणको खरिदका प्रसङगमा उठेका विभिन्न प्रश्नहरुप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । कोरोनाविरुद्धको लडाईमा सरकारले हेलचेक्राई गरेको भन्दै नेविसंघले अनियमिततामा संलग्नलाई कडा कारवाही गर्न समेत माग गरेको छ । नेविसंघ अध्यक्ष ढुंगानाले विज्ञप्तीमार्फत केही प्रश्नहरु गरेका छन् ।

१. डब्लूएचओले तीन महिनाअघि नै कोरोनाको संक्रमणविरुद्धका तयारीमा जुट्न सिंगो संसारलाइ आह्वान गरी सक्दा पनि किन हामी चुप लागेर बस्यौं ?

२. समय हुञ्जेल चुप लागेर बसेर, आन्तिम समयमा आएर तीन घण्टा मात्र समय राखेर किन बोलपत्र आह्वा गरियो र?

३. सामानहरु बजार मूल्यभन्दा अस्वभाविक रुपमा बढी मूल्यमा किन खरिद गरियो ?

४. किनिएका सामानहरु कमसल र कम गुणस्तरका किन खरिद गरियो ?

संकटको बेलामा नेपाली जनतालाई झुक्याएर भ्रष्टाचार मा लिप्त हुनेहरु जो सुकै भएपनि नेपाली जनताले नछाड्ने नेबिसंघका महामन्त्री वलदेव तिमिल्सिनाले बताएका छन् ।
महामन्त्री तिमल्सिनाले भनेस् स्वास्थ्य जस्तो गम्भीर र संबेदनसिल बिषयमा खेलबाड गर्ने र भ्रष्टचारमा लिप्त हुनेहरू राष्ट्रघाती भएकाले संलग्न कसैलाइ छोडिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?