रोनाल्डिन्होले मनाए जेलभित्रै जन्मदिन

काठमाडौं । ब्राजिली लिजेण्ड रोनाल्डिन्होले जेलभित्र ४० औं जन्मदिन मनाएका छन् । नक्कली पासपोर्टको अभियोगमा पाराग्वेको जेलमा रहेका रोनाल्डिन्होले जेलभित्र जन्मदिन मनाएका हुन् ।

जेलभित्र रहेका रोनाल्डिन्होलाई रोनाल्डो र रोबर्टो कार्लोसले जन्मदिनको शुभकामना दिएका छन् । पाराग्वेको जेलभित्र कठिन समय बिताईरहेका रोनाल्डिन्होले भने ईन्स्टाग्राममा राम्रो सन्देश प्राप्त गरेका छन् । रोनाल्डिन्होले ४० औं जन्मदिन जेल भित्र एक्लै मनाएका छन् ।

उनले २६ औं जन्म दिन बार्सिलोनाको नाईट क्लबमा बिहान ६ बजेसम्म मनाएका थिए । यस्तै, ३२ औ जन्मदिन दसौ हजार पाउण्ड खर्च गरेर ब्राजिलको महङ्गो होटलमा मनाएका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?