ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं १ डमाडोलको रातामकै चोकस्थित १५ कोठाको एक घर निःशुल्क उपलब्ध गराइने भएको छ । मुलुकमा बढ्दै गएको कोभिड–१९ को त्रास र यसबाट हुन सक्ने सङ्क्रमणलाई ध्यानमा राखी ‘सेल्फ क्वारेन्टाइन’मा बस्न चाहनेलाई नगरपालिकावासी देवेन्द्र खड्काले सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन् ।
खड्काले आफ्नो घरमा बस्न चाहने मानिसलाई परिचयसहित फोन गर्न नम्बर (९८५१०४९४२३) समेत उपलब्ध गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया