काठमाडौं । कैलालीको अत्तरियामा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा गोदावरी नगरपालिका–६ कोलीकटानका ५३ वर्षीय तुले कोलीको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–३ चौकीडाँडास्थित मालिकाटोल जाने बाटो नजिकै महेन्द्रनगरबाट अत्तरियातर्फ आउँदै गरेको ना४ख ४५२८ नंको बस र विपरीत दिशाबाट गइरहेको से१ह २११४ नंको अटो एकआपसमा आज ठोक्किँदा गम्भीर घाइते भएका कोलीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मुख र छातीमा चोट लगेर गम्भीर घाइते भएका कोलीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा अटोचालक मानबहादुर विक, अटोमा सवार सोही ठाउँकी ५० वर्षीया नखरी कोली, २५ वर्षीय अर्जुन कोली र २५ वर्षकै दुर्गा कोली घाइते भएका छन् ।
चालक डडेल्धुरा परशुराम नगरपालिका–६ का २४ वर्षीय दीपक भट्टराईलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
-रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया