काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सुरु भएको छ । ओलीको १० बजेदेखि शल्यकृयाका लागि शल्यकृया कक्षमा लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण सुरु भएको हो ।
अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण शुरु गरेका छन् ।
मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा लाग्ने अस्पताल स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया