काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजपनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।
ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।
सोहि विषयलाई लिएर बिहीबार पनि संसद बैठक अवरुद्ध गरेको थियो । कांग्रेस संसदीय दल आज विहान बसेको संसद अवरुद्ध गर्ने निर्णय गरेको थियो ।
कांग्रेसको अवरोधका कारण आधा घण्टाका लागि स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया