काठमाडौं । यतिखेर नेपाली कांग्रेसको भातृ संगठन नेपाल विध्यार्थी संघको तदर्थ कमिटि छनोटको क्रममा रहेको छ । यसैक्रममा पाटी सभापति शेरवहादुर देउवाको तर्फबाट अध्यक्षमा राजिव ढुङ्गाना र महामन्त्रीमा मनोज वैद्य तथा महेश्वरी कुँवर लाइ महामन्त्रीमा नियुक्त गरिएको छ । त्यस्तै नेता कृष्णप्रसाद सिटौला समूहबाट बलदेव तिमल्सिना र युवराज पाण्डे महामन्त्री बन्ने भएको एक स्रोतले जनाएको छ । नेता सिटौलाको भागमा परेका २ महामन्त्रीको टुङ्गो लगाउनको लागि बसेको बैठकले पाण्डे तथा तिमल्सिनालाई छनोट गरिएको हो ।
सिटौला आफ्नो भागमा परेका २ महामन्त्रीको नाम बुझाउन सभापति देउवानिवास बूढानीलकण्ठ पुगेको एक नेताले बताएका छन् । नेविसंघका नेता पाण्डे युवा नेता प्रदीप पौडेल अध्यक्ष रहेको समितिमा केन्द्रीय सदस्य रहेका थिए । भने तिमल्सिना पौडेलले नै सहमहामन्त्री बनाएका थिए त्यस्तै रञ्जित कर्ण नेतृत्वको समितिमा केन्द्रीय सदस्य समेत रहेका थिए ।
भागबण्डा मिलाउदा नेविसंघको तदर्थ समितिमा ९ महामन्त्री बनाउने सहमति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया