काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा संकटा क्लबले साँघुरो जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा संकटाले हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
संकटाको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरे । खेलको २१ औं मिनेटमा मार्टिन्सले गोल गरेका थिए । खेलमा मार्टिन्स नै म्यान अफ दि म्याच चुनिए । शेर्पालाई हराएसँगै संकटा लिगको छैटौं स्थानमा उक्लिएको छ । संकटाले १० खेलमा १५ अंक जोडेको छ ।
लिगमा १० खेलमा ७ अंक जोडेको शेर्पा पुछारबाट तेस्रो स्थानमा रहेको छ ।
यो पनि पढ्नुहोस् : पहिलो हाफमा संकटाको अग्रता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया