काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले सहज जित हात पारेको छ ।
एन्फा कम्ल्पेक्स सातदोबाटोमा बुधबार भएको खेलमा मनाङले संकटा क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो । मनाङको जितमा अन्जन बिष्ट र निशान लिम्बुले एक एक गोल गरे । संकटाले एक गोल आत्मघाती गरेको थियो । खेलको ४२ औं मिनेटमा अमित तामाङको आत्मघाती गोलबाट मनाङले सुरुवाती अग्रता बनाएको थियो । अन्जनको हेड बल क्लियर गर्ने क्रममा अमितले आफ्नै पोस्टमा गोल गरेका थिए ।
खेलको ४३ औं मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ७१ औं मिनेटमा निशानले गोल गर्दै मनाङलाई ३-० को सहज जित दिलाए । खेलमा मनाङका अन्जन म्यान अफ दि म्याच चुनिए ।
संकटाविरुद्ध गोल गरेपछि हेलिकप्टर दुर्घटनामा निधन भएका बास्केटबल खेलाडी कोबी ब्रायन्टलाई सम्झएका छन् ।
जितसँगै लिगमा मनाङले अपराजित यात्रा कायम राखेको छ । मनाङले ९ खेलमा १९ अंक जोडेको छ । मनाङ तेस्रो स्थानमा रहेको छ ।
दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबसँग समान अंक भएपनि मनाङ गोल अन्तरमा पछि रहेको छ । शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबको २० अंक रहेको छ ।
संकटा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
यो पनि पढ्नुहोस् : ४६ गोलअन्तर भएको त्यो रोचक फुटबल गेम (भिडियोसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया