४६ गोलअन्तर भएको त्यो रोचक फुटबल गेम (भिडियोसहित)

काठमाडौं । विश्वकै सर्वाधिक लोकप्रिय खेल हो फुटबल । ल अब अनुमान लगाउनुहोस् ९० मिनेटको खेलमा कति गोल अन्तर होलान् ?  १०- १२ -१५ ,अहो । यहाँभन्दा बढी सोच्ने तपाई कल्पना पनि गर्नुहुन्न ।

किनकी एक शून्य गोल अन्तरले हारजित भएका लाखौँ खेलहरु छन् । यहाँ प्रस्तुत गरिएको यो समाचार सामाग्री अब तपाईलाई पत्याउनै मुस्किल पर्छ ।

प्रसंग हो, ४६ गोलअन्तर ।

धत् यस्तो पनि हुन्छ ? हावादारी । पक्कै यहि सोच्नुभयो । तर यो ऐतिहासिक थियो । र यो, कुनै फिल्मको प्लट पनि होईन । यथार्थ हो ।

हो, सन् २०१५ मा भानुआटु र माइक्रोनेसियाबीचको फुटबल खेलमा भानुआटुले माइक्रोनेसियालाई ४६ गोल अन्तरले पराजित गर्यो । निर्धारीत ९० मिनेटमा भानुआटुले माइक्रोनेसियाको पोस्टमा गोलको वर्षा गर्यो ।

हाईलाइट भिडियो :

 

उक्त खेलमा भानुआटुका खेलाडी जीन कलटकले १६ गोल गरेका थिए । उनी त्यस खेलमा सर्वाधिक गोलकर्ता बने ।

भानुआटुका फ्यानहरुले त्यहाँ माइक्रोनेसियाको खिल्ली उडाइरहेका थिए । माइक्रोनेसिया फिफासँग आबद्ध छैन, सोहि कारण फिफाको खेलमा सबैभन्दा ठूलो जीतको रेकर्ड अष्ट्रेलियाको हो जसले अमेरिकी सामोआलाई अष्ट्रेलियाले ३१ ० ले पराजित गरेको थियो ।

एजेन्सी

खेलको पुरा भिडियो :

 

यो पनि पढ्नुहोस् : 

फुटबलका क्रेजी फ्यानका हाँसउठ्दो हर्कत ट्याटु खोप्ने, जग्गा बेच्नेदेखि परीक्षा छोड्नेसम्म

रोचक इतिहास बोकेको फुटबल : यसकारण सबैभन्दा लोकप्रिय, नेपाल आउनै लाग्यो १४ वर्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?