भ्रष्टाचार, तस्करी र कालोबजारीका बिरुद्ध ‘कमाण्डर’ (भिडियोसहित)

काठमाडौं । एलआर बिबेक सापकोटाको निर्देशन तथा लेखनमा निर्माण भएको फिल्म ‘कमाण्डर’ ले मंगलवारर राजधानीमा प्रेस भेटघाट कार्यक्रम आयोजना गरेको छ ।

आउँदो शुक्रवार माघ १० देखि देशब्यापी एकल प्रदर्शन हुन लागेको फिल्ममा एक्शन, लभ र सेन्टिमेन्टस् रहेको छ ।
‘‘कमाण्डर’ मा मनोरञ्जनका साथै देशप्रेमको सन्देश दिइएको छ,’ पत्रकार सम्मेलनमा निर्देशक सापकोटाले ‘समसामयिक राजनीति, भ्रष्टाचार, तस्करी र कालोबजारीलगायतका समाजीक बेथितिबिरुद्धको प्रतिनिधि आवाजलाई चलचित्रमा प्रस्तुत गरेको बताएका छन् ।

उनले फिल्म बिसुद्ध मनोरञ्जनको हेतुले निर्माण गरिएको भए पनि फिल्मले समाज उपयोगी सन्देश समेत प्रस्तुत गरिएको बताएका छन् ।

निर्देशक सापकोटाकै लेखन रहेको फिल्ममा अनुपबिक्रम शाही,रबिन तामाङ,साधना सिल्वाल,ध्रुव कोइराला,श्रीराम पुडासैनी, प्रेम शर्मा,दिनेश केसी, कालु राना, तेजा ऐरका साथै नवनायिका सगुन थापाको मुख्य भूमिका रहेको छ ।

कार्यक्रममा अभिनेत्री साधनाले ‘कमाण्डर’ ‘फूल इन्टरटेन्मेन्ट’ फिल्म भएको बताइन् । पहिला केही म्युजीक भिडियोमा अभिनय गरेको भए पनि यो नै आफ्नो डेब्यु फिल्म भएकाले निकै आशावादी रहेको बताउँदै उनले पहिलो प्रयास सक्दो राम्रो गर्ने कोसिस गरेकी बताएकी छिन् ।

त्यसैगरी, यही फिल्मबाट डेब्यु गरेकी नवअभिनेत्री सगुनले पनि आफू ‘कमाण्डर’ बाट निकै आशावादी रहेको बताएकी छिन् ।

उनले आफ्ना लागि यो पहिलो फिल्म भए पनि सिनीयर कलाकार तथा निर्देशकसँग काम गर्न पाउँदा धेरै कुरा सिक्ने अवसर मिलेको बताएकी छिन् ।

कार्यक्रममा अभिनेता अनुपबिक्रम र खलनायक रबिन तामाङ अनुुपस्थिति थिए। कार्य ब्यस्तताका कारण आफूहरु उपस्थिति हुन नसकेको भए पनि उनीहरुले ‘कमाण्डर’ लाई शुभकामना व्यक्त गरेको निर्देशक सापकोटाले बताए । आर आर फिल्मस्ले वितरण गर्ने फिल्मको सहनिर्मातामा सावन जंग राना रहेका छन् ।

सुपेरियर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म दिब्य सुवेदीले छायांकन गरेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?