राष्ट्रिय सभागृहमा नेकपाको केन्द्रीय कमिटी बैठक बस्ने

काठमाडौँ । नेकपा केन्द्रीय कमिटीको बैठक आगामी माघ १५ गते राजधानीको राष्ट्रिय सभागृहमा बस्ने भएको छ ।
नेकपाका एक नेताले दिएको जानकारी अनुसार बैठकमा उपस्थित हुनका लागि सबै केन्द्रीय नेताहरुलाई निम्ता पठाइसकिएको छ ।
बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ ।
बैठकमा समसामयिक राजनीति, पार्टीको रणनीतिका साथै सरकारलाई कसरी सफल बनाउने भन्नेबारे केन्द्रीत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?