उपसभामुखले राजीनामा दिनै पर्छ : प्रवक्ता श्रेष्ठ

गोरखा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिन ढिला गर्न नहुने बताएका छन् ।

गृहजिल्ला गोरखा पुगेका श्रेष्ठले आज पत्रकारसँग कुरा गर्दै कुराकानी गर्दै सचिवालय बैठकले सभामुखमा उम्मेद्वार तयार गरेकाले तुम्बाहाङ्फे राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले छिटो भन्दा छिटो मुलुकले सभामुख पाउनुपर्ने भएकाले उपसभामुखले राजीनामा दिन ढिला गर्न नहुने बताए ।

श्रेष्ठले भने ‘उपसभामुखले राजीनामा दिएपछि मात्रै सभामुखमा उम्मेदवारी दिने सुनिश्चितता हुन्छ । उनले उपसभामुखले राजीनामा नदिने भन्ने कल्पना पनि नगरेको बताए। उपसभामुखले राजीनामा नदिए के हुन्छ ? भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘उहाँले राजीनामा नदिए के हुन्छ भनेर हामीले सोचिसकेका छैन।

उनले भने राजीनामा दिनुहुन्न र नदिए के गर्ने भन्ने हामीले सोचेको छैन। उहाँ वौद्धिक व्यक्तित्व हो विवेक प्रयोग गरेर राजीनामा दिनुहुन्छ भन्नेमा हामी विश्वस्त छौं।

उहाँ नै सभामुख बन्ने हो भने पनि राजीनामा दिनु पर्ने उनको भनाई छ । तुम्बाहाम्फे कानुनको विद्यार्थीसमेत भएको संविधानको मर्मलाई बुझेको हुनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?