नेकपालाई सिको यस्तो सुझाव

काठमाडौं । २ दिने राजकिय भ्रमणका लागि शनिबार नेपाल आउनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङले आत्मअनुशासन बलियो बनाउन नेकपा नेताहरुलाई सुझाव दिनुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीमा आत्मअनुशासन बलियो रहेको भन्दै उहाँले नेकपामा पनि आत्मअनुशासन बलियो हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपति सी र नेकपाका नेताहरुबीचको सामूहिक भेटवार्ताको क्रममा उहाँले जनता, पार्टी र सरकारबीचको समन्वयात्मक सम्बन्धलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो । जनतालाई जोडेर गरिएको विकासले जनता खुसी हुने र पार्टी तथा सरकार पनि बलियो हुने सीको भनाइ छ ।

छलफलका क्रममा नेकपा अध्यक्ष प्रचण्डले शब्दमा मात्र नभइ एक चीन नीतिप्रति नेपाल व्यवहारिक रुपमा प्रतिबद्ध रहेको बताए ।

चीनको विकासबाट नेपाल लाभान्वित हुन चाहेको भन्दै प्रचण्डले पार्टीस्तरमा पनि सहयोग विचार आदानप्रदान चाहेको बताए ।

सो अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच राजनीतिक रुपमा सम्बन्ध बढाउँदै लैजानुपर्नेमा सीले पनि सहमति जनाएका थिए ।

भेटवार्तामा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, सचिवालय सदस्यहरुः बामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत सहभागी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?