सोल्टीमा आराम गरेर चिनियाँ राष्ट्रपति सी शितलनिवास जाँदै, त्यसपछि के छ कार्यक्रम ?

काठमाडौं- नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङ राष्ट्रपति निवास शितलनिवास जाँदै हुनुहुन्छ । आज अपराहन ४ १५ मा भारतको चेन्नईबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नुभएको थियो । उहाँलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री, मन्त्रीहरुले स्वागत गर्नुभएको थियो । त्यसलगत्तै उहाँलाई नेपाली सेनाले सलामीअर्पण गरेको छ । विमानस्थलबाट बाहिरीनुभएका उहाँलाई राष्ट्रसेवक कर्मचारी, स्वयम्सेवकहरुले विभिन्न झाँकी नृत्यसहित स्वागत तथा सम्मान गरेका थिए । लगत्तै पञ्चकन्याले फूलमालाले उहाँको स्वागत गरेका थिए । त्यसपछि विभिन्न झाँकीहरु देखाइएको थियो । लगत्तै सामान्य चिनापर्चीपछि उहाँ होटल सोल्टीइ क्राउन प्लाजा पुग्नुभएको थियो । केहिबेरको आरामपछि उहाँ राष्ट्रपतिनिवास शितलनिवास जाँदै हुनुहुन्छ ।
अबका कार्यक्रम
६ :४५ बजे
राष्ट्रपति भवन शीतल निवास प्रस्थान ।

राष्ट्रपतिद्वयबीच भेट र भेटपछि सोल्टी होटल फिर्ता ।

प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट

राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्डद्वारा साङ्गीतिक प्रस्तुति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?