उपसभामुखलाई राजीनामा गराउने नेकपाको यस्तो तयारी !

काठमाडौं । यौन दूराचारको आरोप लागेका कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख पद जोगाउने खेलमा नेकपा लागेको छ ।

यौन दुर्व्यवहार–दूराचारको आरोप लागेपछि महरालाई नेकपा सचिवालयले सभामुख र संसद् सदस्य दुवै पदबाट राजीनामा दिन सुझाएको थियो ।

संविधानको धारा–९१ मा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने प्रावधान छ । प्रतिनिधिसभामा अहिले सभामुख र उपसभामुख एउटै पार्टीको भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काङ्गे्रसले विरोध जनाउँदै आएको छ । र, अदालतमा मुद्दा पनि विचाराधीन छ ।

रिक्त सभामुख पदमा उमेदवारी दिन नेकपालाई संवैधानिक बाधा रहेकोले उपसभामुख तुम्बाहाम्फेलाई समेत राजीनामा गराएर सभामुख आफैँसँग राख्ने तयारी रहेको नेकपाका एक नेताले जानकारी दिए ।

उपसभामुख भने सत्तामै रहेको समाजवादी पार्टी, नेपाल नभए राष्ट्रिय जनता पार्टीलाई दिने सम्भावना रहेको स्रोत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?