काठमाडौं । जानकी मन्दिरमा बम भएको भन्ने हल्ला निराधार भएको प्रहरीले जनाएको छ ।
जानकी मन्दिरमा कसैले बमको हल्ला फैलाएकोले प्रहरीले खोजी कार्य गर्दा केही पनि नभेटेको प्रदेश नम्बर २ का प्रदेश प्रहरी प्रमुख प्रद्युम्न कार्किले जनाएका छन् । बमको हल्ला मात्र भएको उनले पुष्टि गरेका छन् ।
बम खोज्नका लागि प्रहरीले दुई वटा प्रशिक्षित कुकुर र आधुनिक यन्त्र लिएर करिब २ घन्टा सम्म खोजी कार्य गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया