पुडासैनी आत्महत्या प्रकरण: पटक–पटक सम्पर्क भएको कल डिटेलमा देखियो, रवीले बयानमा यसो भने

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले प्रक्राउ परेका तिनै जनाको कल डिटेल निकालेर सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका संचारकर्मी रवी लामिछाने, युवराज कँडेल र पुडासैनीकी प्रमिका भनिएकी रुकु भनिने अस्मिता कार्कीको कल डिटेल निकालेर विश्लेषण गरिरहेको हो ।

कल डिटेलमा ‘सिधा कुरा जनतासँग’को प्रसारण संस्था न्युज २४ को ल्याण्डलाइन नम्बरबाट अस्मिता कार्कीको मोबाइलमा पटक–पटक सम्पर्क भएको देखिएको छ।

शालिकरामले न्युज २४ छोडिसकेको अवस्थामा समेत यसरी सम्पर्क हुँदा बढीमा ५ मिनेटसम्म कुराकानी गरेको भेटिएको घटना अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले बताउनुभएको छ ।

पत्रकार शालिकराम पुडासैनीले ‘सिधाकुरा जनतासँग’ छोडेर माउन्टेन टेलिभिजन गइसकेपछि पटक–पटक न्युज २४ को कार्यालयबाट सम्पर्क देखिएको भेटिएको हो ।

यद्यपि रवी लामिछानेले बयानको क्रममा आफूमाथि लागेको सबै आरोप इन्कार गर्नुभएको छ। पत्रकार पुडासैनीको आत्महत्यामा आफ्नो संलग्नता, योजना तथा सम्पर्क केही नरहेको उहाँको दाबी छ।

उहाँले घटनाकी केन्द्रीय पात्र भनिएकी अस्मिता कार्कीलाई आफुले नचिनेको र उनीसँग कुनै किसिमले सम्पर्क नगरेको पनि प्रष्ट पार्नुभएको ।

शालिकरामले न्युज २४ टेलिभिजन छोडेपछि कुनै सम्पर्क नभएको उहाँले बयानमा उल्लेख गर्नुभएको छ ।

रवीले सरकारी वकिलको रोहबरमा प्रहरी समक्ष बयान दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?