वरिष्ठ गायक श्रेष्ठ ‘गोपाल योञ्जन स्मृति पुरस्कार’बाट सम्मानित

appharu
0
Shares

काठमाण्डौं । यो वर्षको गोपाल योञ्जन स्मृति पुरस्कार वरिष्ठ गायक प्रकाश श्रेष्ठलाई प्रदान गरिएको छ ।

गोपाल योञ्जनको ७६औं जन्मजयन्तीका अवसरमा बिहीबार ललितपुरमा आयोजित एक समारोहकाबीच श्रेष्ठलाई सम्मानित गरिएको हो ।

शुभारम्भ द म्यूजिकल जर्नीले गरेको कार्यक्रममा गोपाल योञ्जनका विभिन्न गीत–संगीत प्रस्तुत गरिएको थियो ।

नेपाली गीत–संगीतका हरेक विधामा आफ्नो गला, कला र शब्दका माध्यमबाट उत्कृष्ट छाप छाडेका योञ्जनको २०५४ सालमा ५४ वर्षको उमेरमा निधन भएको थियो ।

‘देशले रगत मागे मलाई बलि चढाऊ’, ‘धेरै छ गर्नु स्वदेशको सेवा’, ‘बनेको छ पहराले यो छाती मेरो’ जस्ता कालजयी गीतमा स्व. योञ्जनले स्वर दिनुभएको छ । स्वरसम्राट नारायण गोपालले गाएका थुप्रै गीतमा पनि उहाँको संगीत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?