सर्दै सर्दै फागुनमा पुग्यो दयारानी

appharu
0
Shares

काठमाडौं । दयाहाङ राई र दिया पुनको शीर्ष भूमिका रहेको चलचित्र दयारानी फागुनमा प्रदर्शन हुने भएको छ ।

जेठ १० गतेबाट प्रदर्शनमा आउने भनिएको दयारानी साउन ३० मा पुगेको थियो । त्यसको ६ महिना पछि सरेर अब फागुन ९ गतेबाट महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउने भएको छ ।

यसअघि दुईपटक सारिसकेको प्रदर्शन मिति अब भने कुनैपनि हालतमा परिर्वतन नहुने निर्माण टिमले जनाएको छ ।

निर्देशक माओत्से गुरुङले नेपालमा फिल्म चलाउन गाह्रो भएकाले रिलिज मिति सारेका बताउनुभयो ।

दयाहाङ र दिया बाहेक विजय बराल, प्रमिशा गुरुङ, पुष्कर गुरुङ, टिकाराम घले लगायतका कलाकारको पनि चलचित्रमा अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?