मिस इन्टरकन्टिनेन्टल नेपालको उपाधी वर्षा शर्मालाई

काठमाडौँ | ‘मिस इन्टरकन्टिनेन्टल नेपाल –२०१७’ को ताज वर्षा शर्माले पहिरिएकी छन् । आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो मिस इन्टरकन्टिनेन्टल नेपाल बन्न सफल भएकी हुन् शर्मालाई पवि ज्वेलर्सले बनाएको ताज आयोजक संस्था डिपासका अध्यक्ष एवं मिस इन्टरकन्टिनेन्टलका नेशनल डाइरेकटर ( पासाङ) छेल्हमु शेर्पाले ताज पहिराइदिएकि हुन् बर्षेनी १२००० भन्दा बढि बालबालिका नेपाल बहिर बेचिन्छ यो कार्य रोकथाम गर्न के गर्नुपर्ला भन्ने प्रमुख निर्णायाक डाक्टर छिरिङ्ग लामाको प्रश्नामा सर्वप्रथम बालबालिकाका अभिभावक शिक्षित हुन जरुरी छ,सरकारी नीतिनियमको उचिंत पालना गर्नुपर्छ जसले गर्दा ती बालबालिका नेपालको आशा, विश्वास र उज्यालो ज्योति बनेर छर्न सकोस भन्दै टप ५ प्रतिष्पर्धाबाट उत्कृष्ट जवाफ दिएर ‘मिस इन्टरकन्टिनेनटल ’ बन्न सफल भएकी शर्माले शीर्ष ताजसंगै मिस फोटोजेनिक र बेस्ट फिगर को उपाधि समेत चुमेकी हुन् प्रतियोगितामा श्रिताज पाण्डे र एलिसा नेउपाने क्रमश फस्ट रनरअप र सेकेन्ड रनरअप भए । उनीहरुले पनि क्रमश ताजसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।‘पुर्व मिस नेपाल तथा सञ्चारकर्मी मलभीका सुब्बाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा मोडल तथा कलकार सम्बृद्धि राई, एशियाज़ नेक्स टप मोडेल अनि किङ्गफिषरका सहभागी आस्था पोख्रेल, मिस्स ग्रान्ड इन्टर्नेशनलका सहभागी श्रीजना रेग्मी ,फेसन डिजाइनर विजय गौतम, मिराज रिभरसाइड भिलेजक प्रबन्धक समीर सिंह क्षेत्री,डाक्टर निर्भाना थापा, निर्णायक मण्डलमा थिए प्रतियोगितामा अन्य उपाधितर्फ स्विकृती खडकाले पवलिक चोइज,मिस ट्यलेन्ट , एलिसा न्योपनेले बेस्ट हेयर बेस्ट पर्सनलिटि, कुसुम बिष्टाले बेस्ट स्कििन,लगायत अन्य प्रतियोगीहरुले पनि विविध उपाधि जित्न सफल भए सन् १९७१ बाट सुरु भएको यो प्रतियोगीता यसपाली ४६ औं वर्षमा प्रबेश गरेको छ । नेपालमा पहिलो पटक आयोजित मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७ मा नेपालका विभिन्न जिल्लाबाट १८ जना युवतीको सहभागिता छ यो प्रतियोगिताको मुख्य ब्रान्ड भने पानामा सिटी छ, जसलाई नेपाल आधिकारिक रुपमा डिपास इन्टरनेसनलले ल्याएको हो । विजेता बर्ष शर्माले पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै जनवरी २०१८ मा इजिप्ट जानेछन प्रतियोगिताले क्षमता, दक्षता, प्रतिभा, वाकशक्तिलाई अब्बल बनाउँदै अन्तरदेशीय सम्बन्ध, संस्कार, संस्कृतिका विषयमा ज्ञान दिलाउने आयोजक संस्था डिपासका अध्यक्ष एवं मिस इन्टरकन्टिनेन्टलका नेशनल डाइरेकटर पासाङ (छेल्हमु )शेर्पाले जानकारी दिए । कार्यक्रमलाई पी. आर. भी. इनटरतेनमेंटले व्यवस्थापन गरेका थिए , आगामी दिनमा पनि नेपाली युवाहरुको क्षमतालाई प्रस्फुटन गराई अन्तरास्ट्रिय क्षेत्रमा चिनाउन प्रयासरत रहने उक्त कम्पनीका म्यानेजिङ्ग डाइरेकटर रभी शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?