कांग्रेस उमेद्वारले राति विजुलीको पोल झारेपछि विवाद

मोरङ,  ५ मंसिर । नेपाली कांग्रेसका मोरङ ३ नम्बर क्षेत्रका उमेद्वारले गएराति बिजुलीको पोल झार्न लाग्दा वाम गठबन्धनले रोकपेछि केही बेर तनाब भएको छ प्रतिनिधि सभाको उमेद्वार सुनिल शर्माको तर्फबाट मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर ६ स्थीत नर्सरी र गुरुङ डाँडाको लागी बिजुलीको पोल झार्न लाग्दा वाम गठबन्धनको कार्यकर्ताले रोक्ने प्रयास गरेका थिए । २४ वटा सिमेटको पोल बोकेको ना २ ख ९६१३ नम्बरको ट्रकका पोल आएको थाहा पाएपछि गठबन्धनका स्थानीय कार्यकर्ताहरुले इलाका प्रहरी कार्यालय पथरीलाई जानकारी दिएका थिए राति ९ बजेतिर एक्कासी पोल आएपछि सोधखोज गर्दा ट्रक चालकले कांग्रेस पार्टीले पठाएको भनेपछि गठबन्धनका कार्यकर्ताहरुले प्रहरीलाई खबर गरेका थिए । स्थानीयबासीको खबरपछि घट्ना स्थल पुगेका इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले पोल झार्न दिएपछि स्थानीय कार्यकर्ता प्रहरीसँग समेत आक्रोसित छन कांग्रेस उमेद्वार शर्माले निर्वाचन आचार संहिता विपरित काम गर्दै आएको भन्दै प्रहरीले नियन्त्रण गर्नुपर्ने स्थानीय वाम गठबन्धनको कार्यकर्ताहरुको माग थियो वाम गठवन्धन कानेपोखरी गाउँपालिका स्तरीय निर्वाचन परिचान कमिटिका अध्यक्ष ताराबहादुर काफ्लेले कांगेसको यस्तो कदम नरोके गठवन्धनले प्रतिकार गर्ने बताए । आचार संहिता रोक्न निर्वाचन आयोग र सरकारी पक्ष लाग्नुपर्ने काफ्लेको भनाइ छ विराटनगर स्थित नोवेल अस्पतालका संचालक समेत रहेका कांग्रेस उमेद्वार शर्माले क्षेत्रभर स्वास्थ्य शिविर चलाएपछि यस अघिपनि निर्वाचन आचार संहिता उलंघन हुदै आएको वाम गठबन्धनले विरोध जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?