विपद् कोषको रकम दुरुपयोग हुँदैन, ढुक्क हुनुस् : मन्त्री पुन

लोकपथ
0
Shares

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम दुरुपयोग नहुने बताएका छन् ।

सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषका लागि दिएको सहयोग रकम बुझ्दै मन्त्री पुनले कोषको रकम पारदर्शी रूपमा खर्च भइरहेको बताए ।

उनका अनुसार बाढीपहिरोबाट क्षति भएका सडक, पुल, विद्यालय र अस्पताल पुनर्निर्माण गर्न तथा प्रभावितलाई राहत दिन कोषको रकम खर्च भइरहेको छ ।

मन्त्री पुनले हालैको बाढीपहिरोबाट करिब ३ देखि ४ खर्ब रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए । विभिन्न संघसंस्था तथा विदेशी निकायले गरेको अनुमानअनुसार भएको यो क्षति कोषमा जम्मा भएको रकमले मात्रै पुनर्निर्माण गर्न पर्याप्त नहुने उनको भनाइ छ ।

उनले भोटेकोशी बाढीका कारण सडक अवरुद्ध भएपछि उद्धार तथा राहतका लागि हेलिकप्टर प्रयोग गर्नुपरेको र त्यसमा मात्रै ३० देखि ४० करोड रुपैयाँभन्दा बढी खर्च भएको बताए ।

यसैबीच, नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि १ करोड १७ लाख ६० हजार रुपैयाँ सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?