कर्णालीले टस जितेर पहिले ब्याटिङ गर्दै, चितवनलाई फिल्डिङको निम्तो

लोकपथ
0
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत आइतबारको खेलमा कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा कर्णालीका कप्तान डेभिड मिलरले टस जितेर चितवन राइनोजलाई पहिले बलिङ गर्ने निम्तो दिएका हुन् ।

कर्णाली आजको खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्ने लक्ष्यमा छ । यस सिजनको आफ्नो अन्तिम खेल खेलिरहेको कर्णाली यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ ।

कर्णालीले ६ खेलबाट दुई जित र चार हारसहित चार अंक जोडेको छ । टोली अंकतालिकाको सातौँ स्थानमा छ ।

यता, चितवन राइनोज भने जित निकाल्दै अंकतालिकाको शीर्ष तीनमा रहेर प्लेअफ प्रवेश गर्ने लक्ष्यमा छ । चितवन यसअघि नै प्लेअफमा पुगिसकेको छ ।

६ खेल खेलेको चितवनले तीन जित र दुई हारसहित सात अंक जोडेको छ । टोली अंकतालिकाको चौथो स्थानमा रहेको छ ।

कर्णाली र चितवनबीचको खेल त्रिवि क्रिकेट मैदानमा अपराह्न १२ः३० बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?