महाधिवेशनमा गगनलाई लागेको चिन्ता

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका पदाधिकारीमा एउटै पदमा धेरै जनाले उम्मेदवारी दिँदा महत्वपूर्ण नेताहरू पराजित भएर केन्द्रीय कमिटीभन्दा बाहिर बस्नुपर्ने अवस्था आउन सक्ने भन्दै उम्मेदवारीबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।

मंगलबार सभापति पदमा मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले यस्तो आग्रह गरेका हुन् । उनले पार्टीमा लामो समय योगदान दिएका नेताहरुलाई समेत विभिन्न कमिटीमा समेटेर लैजाने बताउँदै नेतृत्व व्यवस्थापनमा समस्या आउन नदिन उम्मेदवारीबारे पुनर्विचार गर्न आग्रह गरे ।

उनले स्थानीय तहमा मेयर, उपमेयर वा प्रदेश सांसद बन्न चाहने नेताहरूलाई केन्द्रीय सदस्यमा प्रतिस्पर्धा नगर्न समेत उनले सुझाव दिए ।

थापाले निर्वाचनमा पराजित भए राजनीतिक सम्भावनामा समेत असर पर्न सक्ने भन्दै उम्मेदवारीका विषयमा गम्भीर भएर निर्णय लिन केन्द्रीय सदस्यका सबै प्रत्यासिलाई आग्रह गरे ।

सभापति थापाले पार्टीको संरचनामा जिल्ला र पालिकालाई समेत अधिकार सम्पन्न बनाइएको उल्लेख गर्दै आगामी दिनमा प्रदेश तथा जिल्लामा बसेर पनि पार्टीमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताए ।

उनले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पनि समान प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्न पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको प्रष्टिकरण दिए ।

उनले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले आगामी दिनमा पार्टी सञ्चालन गर्दा प्रतिस्पर्धा विशेष महाधिवेशनअघिको जस्तो असमान हुन नहुने अवस्थाका लागि पार्टीले यस्तो निर्णय लिएको उनको भनाइ छ ।

उनले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पनि समान प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्न पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको प्रष्टिकरण दिए ।

उनले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले आगामी दिनमा पार्टी सञ्चालन गर्दा प्रतिस्पर्धा विशेष महाधिवेशनअघिको जस्तो असमान हुन नहुने अवस्थाका लागि पार्टीले यस्तो निर्णय लिएको उनको भनाइ छ ।

उनले भने, ‘मलाई एकदमै चिन्ता लागिरहेको छ । पार्टी जीवनमा महत्वपूर्ण योगदान गर्नुभएका धेरैभन्दा धेरै साथीहरुले पदाधिकारीमा मनोयन गरिरहनुभएको छ । यसले गर्दा धेरै साथीहरु बाहिर रहनुहुन्छ कि भन्ने चिन्ता लागिरहेको छ । त्यसकारण मैले धेरै जनालाई अनुरोध पनि गरिरहेको छु । सबैलाई मिलाएर लिएर जाने नेतृत्वको जिम्मेवारी हो । हामी सबैलाई मिलाएर लिएर जान चाहान्छु । त्यसकारण सबै जना पदाधिकारी बन्ने कोसिस नगरौँ । मैले साथिहरुको अधिकार खोस्न सक्दिनँ तर अनुरोध गरिरहेको छु । पार्टी एकजनाले चलाएर चल्दैन सबैको योगदान चाहिन्छ भनेर मैले अनुरोध गरिरहेको छु । अर्को कुरा, भोलिको दिनमा कसैलाई स्थानीय तहमा मेयर, उपमेयर, प्रदेश सांसद हुने मन छ भने कृपया केन्द्रीय सदस्यको लागि प्रतिस्पर्धा नगरिदिनुहोला । त्यसले तपाईको देशभित्रको कुनै पनि सम्भावना रहँदैन । यदि निर्वाचन हुनुभयो र भोलिको दिनमा आफूलाई प्रमाणित गर्न सक्नुभएन भने त्यसले पनि अफ्ठ्यारो हुन्छ । हामीले जिल्ला र पालिकालाई पनि अधिकार सम्पन्न बनाएका छौँ, भोलिको दिनमा प्रदेश र जिल्लामा बसेर पनि काम गर्नुपर्ने अवस्था भएको कारण भोलिसम्मको समय छ, सबै साथिहरुलाई आफ्नो मनोनयनको बारेमा विचार गरिदिनुहोला । हिजो विशेष महाधिवेशनमा सहभागि नहुनुभएका साथिहरुको लागि पनि ग्राउण्ड बराबर छ भन्ने अनुभूति दिलाउनको लागि पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गरेको हो । विशेष महाधिवेशनमा भाग नलिएका साथिहरुले भोलिको दिनमा तपाईंहरुले कार्यालय चलाउनुभयो, प्रतिस्पर्धा विशेषभन्दा अघिको जस्तो हुनसक्दैन भन्ने अवस्था नरहोस् भन्नको लागि पनि मैले यो पोजिसन लिएको हो । यही समस्याको कारण मैले क्रियाशील अद्यावधिकको कुरा जोडेको हो । पार्टीमा विवाद नरहोस् भन्ने नै मुख्य कुरा हो ।’

उनले महाधिवेशनपछि समेत पार्टीलाई एकताबद्ध बनाउने प्रयास जारी रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?