पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा प्रवेश गर्दै प्रतिनिधि

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधि तथा समर्थकहरू पञ्चेबाजा, झाँकी र र्‍यालीसहित खुलामञ्च प्रवेश गरिरहेका छन् ।

महाधिवेशनको उद्घाटन समारोह नजिकिँदै जाँदा काठमाडौंका विभिन्न स्थानबाट आएका कांग्रेसका नेता–कार्यकर्ता समूह बनाएर खुलामञ्चतर्फ प्रवेश गरिरहेका छन् । विभिन्न जिल्लाबाट आएका प्रतिनिधिले आफ्नो क्षेत्र र स्थानीय पहिचान झल्काउने झाँकीसमेत प्रदर्शन गरेका छन् ।

पञ्चेबाजासहितको र्‍यालीमा सहभागी नेता–कार्यकर्ताले कांग्रेसका झन्डा बोकेर विभिन्न नारासहित खुलामञ्चतर्फ प्रवेश गरिरहेका छन् । र्‍यालीका कारण खुलामञ्च आसपासको क्षेत्रमा कांग्रेसका नेता–कार्यकर्ता तथा समर्थकको चहलपहल बढेको छ ।

कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुँदैछ । महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि तथा शुभेच्छुकहरूको सहभागिता रहनेछ ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी राजनीतिक, सांगठनिक तथा आर्थिक नीति तथा कार्यक्रम तय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?