मनाङमा मर्स्याङ्दी र मुस्ताङमा कालीगण्डकी नदीमा पहिरो, सतर्कता अपनाउन आग्रह

लोकपथ
0
Shares
तस्बिर : एआई, सांकेतिक

काठमाडौं । हिमाली जिल्लाहरु मनाङ र मुस्ताङमा पहिरोका कारण नदीको जल प्रवाहमा असर पुगेको छ ।

मनाङको सदरमुकाम चामेमा पहिरोका कारण मर्स्याङ्दी नदीको जलप्रवाहमा अवरोध सिर्जना भएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार मुस्ताङको थासाङ गाउॅपालिका–३ निसीमा पहिरोको कारण कालीगण्डकी नदीको जलप्रवाहमा केही अवरोध पुगेको छ ।

प्राधिकरणले नदी तल्लो टतीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

‘मनाङको सदरमुकाम चामेमा पहिरोको कारण मर्स्याङ्दी नदीको जलप्रवाहमा केही अवरोध रहेको र मुस्ताङ थासाङ गाउॅपालिका–३ निसीमा पहिरोको कारण कालीगण्डकी नदीको जलप्रवाहमा केही अवरोध रहेकोले ती नदीहरुका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ,’ प्राधिकरणले भनेको छ ।

केही दिनदेखिको अविरल वर्षाका कारण आइतबार मात्रै गण्डकी प्रदेशका जिल्लाहरुमा ठूलो जनधनको क्षति भएको छ । बंगालको खाडीबाट उठेको न्यून चापीय वायुको प्रभावका कारण नेपालमा केही दिनदेखि वर्षा भइरहेको छ । आजबाट वर्षा गराउने प्रणाली कमजोर हुँदै गए पनि पहिरोको जोखिम भने उत्तिकै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?