काठमाडौं । आइतबार बिहान मनाङको नार्पाभुमी गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको छ ।
पहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ । हिमाल आरोहणमा गएका २२ जना (९ जना पर्वतारोही र १३ जना सहयोगी स्टाफ) मध्ये करिब १ दर्जन बेपत्ता आशंका रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
त्यसमध्ये कोही पनि विदेशी नागरिक नभएको, २२ जना सबै नेपाली नागरिक रहेका छन् ।
डीएसपी थापाका अनुसार अहिले उद्धारका लागि काठमाडौंबाट मनाङ प्रभावित क्षेत्रमा पुगेको छ । भने के कति क्षति भयो त्यो भने यकिन हुन नसकेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया