म्याग्दीमा बाढीपहिरो : ४ जनाको मृत्यु, ५ बेपत्ता

लोकपथ
0
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । केही दिनदेखिको अविरल वर्षासँगै आएको बाढीका कारण म्याग्दी जिल्लामा ठूलो धनजनको क्षति भएको छ ।

हालसम्म ९ जना मृतक र बेपत्ता भएकाहरुको सूची प्राप्त भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

कार्यालयका अनुसार अन्नपूर्ण गाउँपालिका–३ की ५६ वर्षीया दोमाया पाइजाको शव फेला परेको छ । यसैगरी मालिका गाउँपालिका वडा नं ३ को रुमडाडाँगाउ भन्ने स्थानका ४० वर्षीय किरण पुन र अन्दाजी ३५ वर्षीय देवबहादुर पुनको शव फेला परेको छ ।

यसैगरी जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ को खर्क भन्ने ठाउँको काफलडाँडा भन्ने स्थानमा वर्ष १९ को सविन चोचाङ्गीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीका अनुसार अन्य ५ जना बेपत्ता रहेको र प्रहरीले खोजी कार्य तीव्र बनाएको छ ।

प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका–३ की ७५ वर्षीया शिवकुमारी गर्बुजा, अन्नपूर्ण गाउँपालिका वडा नं ५ पाउदरको गिवाङ भन्ने स्थानमा थप २ जना बेपत्ता भएका छन् । यसैगरी जिल्लाको बेनी नगरपालिका–३ को भकिम्लिी भन्ने स्थानमा कुमारी विक ओली पुरिएको खबर प्राप्त भएको र प्रहरी टोली त्यसतर्फ गएको छ ।

कालीगण्डकी नदीमा आएको बाढीका कारण म्याग्दीका कतिपय घरहरु बगाएका छन् भने धेरै वटा बस्ती नै जोखिममा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?