बाढीले नारायणीमा चल्ने ‘राइनो क्रुज’ बगायो, पुलमा अड्किएपछि जोखिम

लोकपथ
0
Shares

काठमाडौं । निरन्तरको वर्षापछि चितवनको नारायणी नदीमा चल्ने राइनो लेखिएको क्रुज (पानी जहाज) बाढीले बगाएको छ ।

आइतबार अपरान्ह नारायणी किनारमा साइड लगाएर राखिएको क्रुज बगाएको हो ।

अहिले उक्त क्रुज नारायणीको पुलमा अड्किएको अवस्थामा रहेको छ । जसकारण त्यसले कतै पुललाई नै असर पुर्‍याउने त होइन भन्ने जोखिम बढाएको छ ।

क्रुज पुलमुनी अड्किएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवातजावतमा रोक लगाइएको छ । चितवनको भरतपुर र नवलपुरको गैँडाकोट जोड्ने पुलमा आवातजावत बन्द हुँदा पूर्वपश्चिम राजमार्गको आवातजावत प्रभावित भएको छ ।

नारायणी किनारमा धेरै आन्तरिक तथा बाह्य पर्यटकहरु त्यही क्रुजको मज्जा लिन जाने गरेका थिए ।

केही दिनदेखिको निरन्तर र अविरल वर्षाका कारण नारायणी नदीमा ठूलो बाढी आएको छ । अहिलेसम्मकै ठूलो बाढी अनुमान गरिएको बाढी बस्तीमा समेत पसेको छ ।

बाढीले खतराको तह नै पार गरेपछि तटीय क्षेत्रका स्थानीयहरुलाई अन्यत्र सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?