काठमाडौं । हुम्लाको माथिल्लो क्षेत्रमा हिमपात भएको छ । शनिबार बिहानदेखि जिल्लाका उच्च क्षेत्रमा हिमपात भइरहेको हो ।
हिल्सा, न्यालु, नारा लेक, बोक्सी हिमाल, पञ्चमुखी, रलिङ र चाङ्लालगायत क्षेत्रमा हिमपात भइरहेको प्रहरीले जनाएको छ ।
करिब ३५ सय मिटर उचाइसम्मका क्षेत्रमा हिउँ परेको छ । तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ ।
हिमपात र वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया